काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम अभ्यास गराइएको छ ।
कामपा वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम अभ्यास गराइएको वडाध्यक्ष दलबहादुर कार्की जानकारी दिए । ग्यालेक्सी स्कुलको छात्रावासमा रहेका छात्रछात्रा र वडावासीका लागि भूकम्प र आगलागीका कृत्रिम घटनामा व्यक्तिको भूमिका, गर्नुपर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो ।
आकस्मिक घटनामा विज्ञ खोज्न थाल्दा पनि र उद्धारका क्रममा गलत अभ्यास गरियो भने पनि, यी दुवै अवस्थामा बचाउन सकिने ज्यान पनि गुम्न सक्छ । यस कारण यस्ता घटनामा कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि अध्यास आयोजना गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरूले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदाय स्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडा सदस्य मनोज डङ्गोलले बताए ।
‘आपत्कालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुनसक्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ,‘ वडा सचिव देवराज जोशीले भने, ‘टोलभित्रै विपद् व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेका छौँ ।’
अभ्यासको क्रममा भूकम्प र आगलागीजस्ता विपतको समयका गर्नुपर्ने कामपाको बारेमा जानकारी गराइएको थियो । आगलागी नियन्त्रणबारे अभ्यास गरियो । आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका वस्तु सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्गङवीसरको प्रकार, प्रकृतिअनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो ।
वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम पनि आयोजना गरेको थियो । तालिमका प्रशिक्षक उमेशजङ्ग रायमाझीले, घरमा ग्यास ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्यास लिक गएको परीक्षण नगर्न, ग्यास सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया