काठमाडौं । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरु भएसँगै शुक्रबार राति भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पसेपछि डुबान भएको हो ।
उक्त गाउँका स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् ।
वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडक बस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।
‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो, ‘अध्यक्ष चाम्लागाईले भने, ‘ठुलो वर्षा भयो भने झापा गाउँपालिकाका–१ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया