बाढीले कोशी लोकमार्ग अवरुद्ध, धनकुटाका विभिन्न सडक खण्डमा क्षति

लोकपथ
665
Shares

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्गका विभिन्न भागहरूमा सडक अवरुद्ध भएको छ। धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।

शनिबार बिहान करिब साढे ५ बजे सडकको करिब १०० मिटर भाग बगाएपछि दुवै दिशातर्फका सवारी साधन सञ्चालनमा अवरोध पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यसैगरी, कोशी लोकमार्गकै नमस्ते झरना नजिकको खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको थियो। यद्यपि, सुरक्षाकर्मीको सहयोगमा रुख हटाई त्यो खण्डको सडक सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

यसबाहेक, वर्षाका कारण तमोर करिडोर र धनकुटाको चौबिसे गाउँपालिका–४ छेउको छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको छ। स्थिति सामान्य पार्न सम्बन्धित निकायले सडक पुनः सञ्चालनका लागि प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?