काठमाडौं । धनगढी उपमहानगरपालिका–१३ को राजपुर चोक नजिक टिप्परको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।
कैलाली गोदावरी नगरपालिका–५ निवासी २७ वर्षीय अर्जुन चौधरीले चलाएको टिप्परको टिप्परको ठक्करबाट बैतडी नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका विष्टलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
मृतकको शव हाल माया मेट्रो अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया