काठमाडौं । प्रहरीले औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएका तथा कुनै बिल बीजक नराखी ल्याइएका औषधीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको धोवनी गाउँपालिका–५, जगन्नाथपुरका ३२ वर्षीय मुनिस दास रहेका छन् ।
प्रहरीले मंगलबार मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमोको चालक दासलाई फर्पिङ चेकपोष्टबाट पक्राउ गरेको हो ।
प्रहरीले उक्त टाटा सुमोलाई शंका लागी जाँच गर्दा सुमोको छतमा लुकाई ल्याइएका विभिन्न प्रकारका ट्याब्लेट तथा औषधि किट फेला परेको जनाएको छ ।
बरामद औषधीसहित दासलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधी व्यवस्था विभाग, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया