काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबिच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एशियाली खाद्य तथा कृषि सहयोग पहल (अफासी)को सातौँ महासभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दिगो कृषि अभ्यास र खाद्य सुरक्षामा क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताएका हुन् ।
उनले अफासी एशियाली राष्ट्रहरूमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसी अध्ययनको एक महत्त्वपूर्ण प्लेटफर्म भएको समेत उल्लेख गरे ।
उनले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविकोपार्जन जस्ता साझा चुनौतीहरूसँग जुध्न आपसी सहकार्य र समन्वय आवश्यक रहेको समेत बताए ।
उनले भने, ‘अफासी एशियाली राष्ट्रहरूमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसी अध्ययनलाई एक महत्त्वपूर्ण प्लेटफर्म भएको छ । यसको सुरुवातदेखि अफासीले कृषि अनुसन्धानलाई सुदृढ बनाउन दिगो फार्मिकको अभ्यासलाई प्रवर्द्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्नमा महत्त्वपूर्ण योगदान गरेको छ । तपाईँहरूको साझा प्रयासले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जिविकाजस्ता सामान्य चुनौतीहरूको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यो सभा त्यस समयमा आयोजना भइरहेको छ । जब विश्वले बढी लचिलो, समावेशी र दिगो कृषि प्रणाली निर्माण गर्न प्रयास गरिरहेको छ । हामीले साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत हाम्रो क्षेत्रमा कृषि रूपान्तरणका लागि नयाँ अवसरहरू पत्ता लगाउन सक्नेछौँ भन्ने हामीले विश्वास गरेका छौँ ।’
उनले एशियाली राष्ट्रहरूको साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत कृषि रूपान्तरणका नयाँ अवसरहरू पहिचान गर्न सकिने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया