स्कटल्यान्ड ‘ए’ सँग नेपाल स्तब्ध

लोकपथ
2.5k
Shares

काठमाडौं। नेपालले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपाल स्तब्ध भएको हो । बिहीबार राति भएको खेलमा नेपाल स्कटल्यान्ड ‘ए’ सँग १०२ रनले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ‘ए’ले नेपाललाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपाली ब्याटरहरुको ब्याट चल्न नसक्दा नेपालले लज्जास्पद हार व्यहोर्नुपरेको हो ।

२९.४ ओभरमा अलआउट हुँदै नेपालले ११० रन मात्रै जोड्यो । नेपालका लागि आसिफ शेखले ४४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले १७ रन जोडे भने गुल्शनले १० रन बनाए । अन्य कुनै नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?