डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा

लोकपथ
392
Shares

बागमती । हेटौडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ ।मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो ।

उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेल ब्रिज पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ । 

यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्‍याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?