संसदको अवरोध हटाउने सभामुखको प्रयास, सचेतक र प्रमुख सचेतकसँग छलफल जारी

लोकपथ
784
Shares

काठमाडौं । संसदमा जारी अवरोध हटाउने सभामुख देवराज घिमिरेद्वारा आह्वान गरिएको बैठक बसेको छ ।

अहिले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक जारी रहेको छ ।

बैठकमा उपसभामुख इन्दिरा रानामगरसहित सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतक उपस्थित रहेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसदमा अवरोध कायम गरिरहेका छन् ।

मंगलबारबाट संसदमा अवरोध गरेपछि सभामुखले निरन्तर छलफल गरेर अवरोध हटाउने प्रयास गरेका थिए । यद्यपि विपक्षीहरुले विरोध जनाएपछि निकर्ष निस्कन सकेको छैन ।

विपक्षीहरुले गृहमन्त्रीको राजीनामा, भिजिट भिसा प्रकरणबारे प्रधानमन्त्रीको जवाफ र संसदीय छानबिन समितिको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?