काठमाडौं । नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
यसअघि बिहीबार काठमाडौंको शान्तिबाटिकामा वर्तमान व्यवस्थाको विरोध गर्दै जुलुस निकालेका राजावादीहरुले आज पनि विरोध प्रदर्शन गर्न लागेका हुन् ।
हिजो गणतन्त्र दिवसकै दिन गणतान्त्रिक व्यवस्थाको विरोधमा उल्लेख्य संख्या उपस्थित भएसँगै राजावादीहरु हौसिएका छन् । त्यसो त आज साढे १२ (१२ः३०) बजेबाट माइतीघर मण्डलामा विरोध प्रदर्शनको स्थल तोकिएको छ ।
त्यस्तै बिहीबार उल्लेख्य सहभागिता भएको भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले धन्यवाद समेत ज्ञापन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया