सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक

लोकपथ
924
Shares
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षी दलको अवरोध हटाउने उद्देश्यसहित आज पुनः छलफल र बैठक आह्वान गरेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख विपक्षी दल माओवादी, रास्वपासहितले गर्दै आएको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले आज शुक्रबार बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकसित छलफल गर्दै छन् । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठक सिंहदरबारमा बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । बिहीबार (जेठ १५) बजेट प्रस्तुत गर्न भने उनीहरूले बाधा गरेनन् ।

प्रतिनिधिसभाको अबको बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?