एजेन्सी । गाजाको उत्तरी भागको मुख्य शहर गाजामा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ । इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी भाग गाजामा खाद्य अभाव, अराजकता र हिंसाले जनजीवन अस्थिर बनाएको हो ।
केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन । यहाँ बसोबास गर्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौँतारिन थालेका छन् ।
हमासद्वारा सञ्चालित गृह मन्त्रालयले गाजा शहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारी बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ।
हमासका अनुसार ती अधिकारी व्यवस्था कायम राख्न र लुटपाट रोक्ने प्रयास गरिरहेका थिए ।
हालसम्म इजरायली सेनाले उक्त घटनाबारे प्रत्यक्ष प्रतिक्रिया दिएको छैन, तर उसले पछिल्लो २४ घण्टामा गाजाभरिका ‘दर्जनौं आतंकवादी लक्ष्यहरू’ मा हवाई हमला गरेको दाबी गरेको छ।
स्थानीय उद्धारकर्ता र स्वास्थ्यकर्मीहरूका अनुसार बिहीबारको आक्रमण र हिंसात्मक घटनाहरूमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । मृतकमध्ये २३ जना केन्द्रीय बुरेइज शरणार्थी शिविरका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया