नारायणी नदीमा फसेका २२ जना मजदुरको सकुशल उद्धार

लोकपथ
777
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको टापुमा फसेका २२ जना मजदुरलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार, गिट्टी–बालुवा निकाल्न नदीमा बनाइएको अस्थायी बाँध अचानक भत्किँदा ती मजदुरहरू नदीको बीच भागमा बनेको टापुमा फसेका थिए । समयमै खबर पाएपछि सशस्त्र प्रहरी बलको १७ नम्बर गण चितवनबाट खटिएका गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो ।

टोलीले बोटको सहायता लिई सबै मजदुरलाई सुरक्षित रूपमा बाहिर ल्याउन सफल भएको हो।

घटनास्थलमा गिट्टी–बालुवा ओसार्न प्रयोग गरिएको एक टिपर भने नदीको तीव्र बहावले बगाएर डुबेको जनाइएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?