काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने नियमावली जारी गरेपछि प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा यातायात व्यवसायीहरूले कडा विरोध जनाउँदै शुक्रबार बिहानैदेखि प्रदेशभर यातायात सेवा ठप्प पारेका हुन् ।
व्यवसायीहरूले निजी नम्बर प्लेट भएका सवारी साधनलाई सार्वजनिक सवारीसरह सेवा दिन कानुन बनाइएको विरोधमा सवारी साधन ग्यारेजमै थन्क्याएका छन् । महासंघका अनुसार सरकारको निर्णयले सार्वजनिक यातायात सेवाको अस्तित्व समाप्त पार्ने खतरा रहेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
आजदेखि गण्डकीका झन्डै १६ हजार सार्वजनिक सवारी साधन थन्किएका छन् । सरकारले निजी सवारीलाई सार्वजनिक सवारीसरह सेवा दिन कानुनी बाटो खोल्ने निर्णय फिर्ता नगरे आन्दोलन देशव्यापी बढ्ने र सवारी सेवा बन्द गर्नेसमेत व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूले १६ गतेदेखि गण्डकीमा र १९ गतेदेखि देशैभर यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया