काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२–०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ ।
बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आर्थिक वर्ष भन्दा १ खर्ब ४ अर्ब बढीको बजेट ल्याएका हुन् ।
उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड तथा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्टयाइएको छ ।
बजेट अनुसार वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ । त्यस्तै बजेट वक्तव्य अनुसार १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत उठाउने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री पौडेलका अनुसार ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट घाटापूर्ति गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया