‘बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न  सकेन’

लोकपथ
742
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार संघीय संसद्मा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

उनले स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा अहिलेसम्मका सरकारले जोड नदिएको भन्दै  यस पटक पनि ती क्षेत्रमा जनताले गुणात्मक राहत पाउने नदेखिएको दाबी गरे ।

उनले भने, ‘उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यहाँमा जोड दिइएको छैन, निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर, भन्सारमा आधारित भएर होइन, रेमिट्यान्समा आधारित भएर होइन, हामी आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था सृजना नगर्दासम्म हाम्रो आर्थिक विकास गुणात्मक रुपले हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?