होटेल र रेस्टुरेन्टमा फेरि सेवा शुल्क उठाउने तयारी, सरकारले बजेटमै गर्‍यो व्यवस्था

लोकपथ
812
Shares

काठमाडौं । होटेल तथा रेस्टुरेन्टलाई सेवा शुल्क लिन दिने गरी सरकारले तयारी गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेटमा सो कुरा उल्लेख भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार जारी गरेको बजेटमा पर्यटन व्यवसायमा कार्यरत श्रमिकका लागि सेवा शुल्क लिन सक्ने गरी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

सरकारले होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत् महसुलमा छुट दिने पनि उल्लेख गरिएको छ ।
बजेटमा भनिएको छ, ‘होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत् महसुल छुट दिइनेछ । होटेल, मोटल, रेस्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिनेछ ।’

यसअघि होटेल, रेस्टुरेन्ट, रिसोर्ट आदिले लिने गरेको अतिरिक्त सर्भिस चार्ज र भ्याट गैर कानुनी रहेको ठहर गर्दै सुरुमा काठमाडौं जिल्ला अदालत र पछि सर्वोच्च अदालतले समेत अतिरिक्त भ्याट र सर्भिस चार्ज नलिन आदेश दिएको थियो ।
त्यसपछि अतिरिक्त सर्भिस चार्ज र भ्याटको व्यवस्था हटी मेनु प्राइसमै रहेको मूल्य मात्रै लिन पाउने व्यवस्था भएको थियो ।
तर उक्त निर्णयपछि होटेल, रेस्टुरेन्ट, जंगल सफारी आदिमा काम गर्न मजदुरको अभाव भएको र आकर्षण घटेको गुनासोपछि सरकारले पुनः सर्भिस चार्ज लिन पाउने गरी व्यवस्था गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?