काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) को अन्तःशुल्क र भन्सार दर यथावत् राखेको छ । विद्युतीय सवारीमा कर बढाउने हल्लाका बिच सरकारले कर यथावत् राखेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक वर्ष २०८२।०८३ को बजेट भाषणमा ईभी सवारीसाधनको कर यथावत् राखिएको बताए । वातावरण संरक्षण गरी विद्युत्को व्यापार बढाउन समेत ईभी सवारीसाधनको कर यथावत् राख्ने पौडेलले घोषणा गरेका हुन् ।
यसअघि विद्युतीय सवारीसाधनमा ४० प्रतिशतसम्मको कर बढाउने तयारी भएको भन्दै व्यापारीहरूले बजेट भाषण अगाडि नै ठुलो मात्रामा विद्युतीय सवारीसाधनको भन्सार पास गराएका थिए ।
पेरिस सम्झौता कार्यान्वयनका लागि समेत विद्युतीय सवारीसाधन अपरिहार्य रहेको भन्दै ईभी गाडीको आयातकर्ताहरूले सरकारलाई कर नबढाउन आग्रह गरेका थिए ।
स्वरोजगार मजदुरहरूले समेत विद्युत्बाट चल्ने सार्वजनिक सवारीसाधनमा कर नबढाउन माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया