बजेट : कर्मचारीको तलब बढेन, महँगी भत्ता तीन हजार बढाइयो (पूर्णपाठ)

लोकपथ
7.5k
Shares

काठमाडौं । सरकारले नयाँ बजेटमा कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याएको छ । 

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिए पनि महँगी भत्ता ५ पुर्‍याउने घोषणा गरेका हुन् ।

कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरूप वृद्धि गर्न सम्भव नभएको उनको भनाई थियो । उनले भने,‘ सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागू हुनेगरि महँगी भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपैयाँ पुर्‍याएको छु । यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले तीन हजार वृद्धि गरिएको हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?