कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन

लोकपथ
224
Shares
Screenshot

काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै कीर्तिपुर क्रिकेट रंगशालालाई ४० करोड विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै, सरकारले दशौँ राष्ट्रिय खेलकुदलाई ५४ करोड बजेट विनियोजन गरेको पनि मन्त्री पौडेलले बताए । यो रकम गत आर्थिक वर्षको भन्दा २ अर्ब ५८ करोड बढी हो । २०८१/०८२ का लागि बजेट ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?