विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएबापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने 

लोकपथ
105
Shares

काठमाडौं । नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत स्वेट शेयर लिन पाउने भएका छन् । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्  

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए बापत स्वेट शेयर लिन पाउने कानुनी व्यवस्था गरिने बताए । उनले सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । 

विदेशमा लगानी गरेका कम्पनीहरूले आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता व्यवस्था गरिने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?