काठमाडौं । सरकारले भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बोसवासीको समस्या स्थायी रूपमा समाधान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
उनकाअनुसार आगामी आर्थिक वर्षभित्र लागत संकलन र प्रमाणीकरण गरी ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराइनेछ । यसका लागि श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए । सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने बताए ।
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम विक्री गरी प्राप्त हुने रकम बचत कर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको बताए । सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने बताए । समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको सम्पत्ति एवं राहदानी रोक्का राख्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया