कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड विनियोजन

लोकपथ
161
Shares

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

उनकाअनुसार कृषि तथा पशुपंक्षी बीमा कार्यक्रममा साना तथा  मझौला किसानको पहुँच विस्तार गरिनेछ । बाली तथा पशु बीमाको प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब ३० करोड विनियोजन गरेको बताए ।  

मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानलाई नियमित सूचना उपलब्ध गराउन किसान एपको विकास र एसएमएस सेवालाई व्यवस्थित गर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?