रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्‍याइने

लोकपथ
98
Shares

काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्‍याउने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका छन् ।  

रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ । 

लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताए । 

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?