काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को बजेटमा सरकारले जेन जी पुस्ताका लागि इन्क्युबेसन सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्क्युबेसन सेन्टर निर्माण गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले जेन जी (जेनेरेशन जेड) पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउनका लागि सरकार, विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा इन्क्युबेसन सेन्टर निर्माण गर्ने बताएका हुन् ।
सन् १९९७ देखि २०१२ सालमा जन्मिएकाहरूलाई जेन जी पुस्ता भनिन्छ । यो समयमा जन्म लिनेहरू पूर्णतया प्रविधिको प्रयोग गर्ने समयमा जन्म लिएका र उनीहरू प्रविधिमा अब्बल, पोख्त तथा चाख राख्ने समूहका रूपमा चिनिन्छ ।
के हो इन्क्युबेसन सेन्टर ?
इन्क्युबेसन सेन्टर भन्नाले नयाँ व्यवसायहरूलाई विशेष गरी तिनीहरूको सुरुवाती चरणमा समर्थन र तीव्र गतिमा विकास गर्न सहयोग पुर्याउने सुविधा हो । यसले भर्खरै व्यवसायमा लागेकाहरूलाई आफ्नो उद्यम विकास र सुरु गर्न मद्दत पुर्याउने वातावरण प्रदान गर्छ । इन्क्युबेसन सेन्टरमा काम गर्नका लागि कार्यालय वा स्थान, परामर्श, नेटवर्किङका अवसर तथा लगानीका लागि पहुँच र सहजीकरण समेत गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया