दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

लोकपथ
266
Shares

काठमाडौं । दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्। यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ ।  चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्द्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?