काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।
सोही जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा आज बिहीबार दिउँसो करिब पौने २ बजे डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको कमान्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करिब २० फिट गहिराइबाट निकालेको हो ।
सो टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव २ बजेर १० मिनेटमा र विशाल परियारको शव ३ बजे फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया