मुलुकमा बलिया राजनीतिक दलको आवश्यक : महासचिव पोखरेल 

लोकपथ
189
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् ।  गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताए । उनले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न नसकेको धारणा राखे । 

उनले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प तथा अठोट लिएको जिकिर गरे । महासचिव पोखरेलले लोकतन्त्र र गणतन्त्रले नै एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने उल्लेख गरे ।   

उनले भने, ‘राजनीतिक अस्थिरताका कारणले नै हामीले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न सकेको छैन भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले सङ्कल्प तथा अठोट गरेको छ, अब यो मुलुकमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यक छ । हाम्रो पार्टी नेकपा (एमाले)लाई हामी बलियो राष्ट्रिय शक्तिको रूपमा, निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न चाहन्छौँ । मलाई लाग्छ, लोकतन्त्र र गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्दछ ।’   उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ शानदार र भव्यताका साथ देशव्यापी मनाउने जिकिर गरे  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?