काठमाडौं । एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको र्याली रत्नपार्क पुगेको छ । तर बाक्लो रूपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन पाएको छैन ।

झडप हुन नदिन प्रहरीले दुई पक्षलाई भेट हुन दिइरहेको छैन ।
प्रशासनले एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनेको थियो । राजावादीको कार्यक्रम भने साढे २ बजे मात्रै रत्नपार्क पुग्ने गरी समन्वय गरिएको थियो । तर एमालेको कार्यक्रम निर्धारित समयभित्र नसकेपछि राजवादीहरू आक्रोशित बनेका छन् । उनीहरूले गणतन्त्रको विरोधमा र राजसंस्थाको पक्षमा नारा लगाइरहेका छन् ।

आजको विरोध कार्यक्रममा प्रदर्शनकारीले कालो छाता ओढ्ने बताइए पनि कालो छाताको संख्या भने त्यति धेरै देखिएको छैन ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया