राजावादीको अनिश्चितकालीन आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

लोकपथ
5.1k
Shares

काठमाडौं । जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिन आजबाट सुरु हुन लागेको अनिश्चितकालीन आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।

राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेको सो अभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनआन्दोलन भएकाले हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आन्दोलनको क्रममा कुनै घटना भएको खण्डमा आफ्नो अभियानले कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?