व्यवस्थाविरोधी जनआन्दोलनलाई समर्थन गर्न लिङ्देनको आग्रह

लोकपथ
371
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबारदेखी सुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो आह्वान गरेका हुन् । उनले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे । उनले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न लागि व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे । 

उनले भने, ‘आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको आन्दोलन हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यस कारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु ।’

राजावादी समूहले बिहीबार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ ।  वर्तमान व्यवस्थाको विरोधमा राजावादीले संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरू रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?