अब बैंक तथा वित्तीय संस्थाले नगद मौज्दातको दैनिक ९० प्रतिशत राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने

लोकपथ
455
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य न्यूनतम नगद मौज्दात राख्नुपर्ने भएको छ ।  

हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन  गर्दै नगद मौज्दात अनुपात  ७० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो । 

केन्द्रीय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्नेछ । 

कुल निक्षेपको कुल चार प्रतिशत राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग वर्गका संस्थाहरूले अनिवार्य रूपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । 

हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ । त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्टयाउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राख्दै आएका छन् । अब भने केन्द्रीय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्नेछ । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?