राजावादीले सात ठाउँबाट जुलुस निकाल्ने, मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व लिङ्देनले गर्ने

लोकपथ
6.7k
Shares

काठमाडौं । जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिन आजबाट सुरु हुन लागेको अनिश्चितकालीन आन्दोलनको पहिलो दिन सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउँसो २ बजे रत्नपार्कमा आएर मिसिने तय भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, त्रिपुरेश्वर, सुन्धारा, मैतीदेवी, सिफल, नक्साल, नारायणचौर र अर्को एक ठाउँबाट जुलुस निस्कने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्नेछन् । 

आज राजावादी सबै दल र घटकका नेताहरू आन्दोलनमा सहभागी हुने कार्यक्रम छ । आजको जनप्रदर्शनका लागि कुनै पनि मञ्च बनाइएको छैन । आजको आन्दोलन पूर्णरुपमा शान्तिपूर्ण हुने र मुठभेडको कुनै पनि नीति नरहेको श्रेष्ठको भनाइ छ । 

राजसंस्थाको पुनर्स्थापनासहित जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा आजबाट आन्दोलन गर्न लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?