प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन  विपक्षी दलहरूको बैठक बस्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउने उद्देश्यले अहिले केहीबेरमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विपक्षी दलका नेताहरू र प्रमुख सचेतकलाई बोलाइएको छ । 

प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ः३० बजे बोलाइएको छ । 

यस्तै बजेट पेसका लागि दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको भएको भन्दै विपक्षी दलले मंगलबारदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । 

बुधबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई बजेट पेस गर्न दिन सकारात्मक भएको निर्णय गरेको थियो । बजेट पेस गरेपछि गृहमन्त्रीको राजीनामा माग राखेर संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद्को पहिलो बैठकमा आ–आफ्ना धारणा राख्ने जानकारी दिँदै उनले परिस्थिति हेरेर बाँकी निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?