आज कालो छाता लिएर सडकमा निस्कँदै राजावादी

लोकपथ
364
Shares

काठमाडौं । राजावादी शक्तिहरुले वर्तमान व्यवस्थाको विरुद्धमा विरोध प्रदर्शन गर्दैछन् ।

दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध प्रदर्शन गर्न लागेका हुन् ।

‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नाराका साथ राजावादी दलहरु राप्रपा, राप्रपा नेपाल लगायतका शक्तिहरुले प्रदर्शन गर्न लागेका हुन् ।

पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले प्रदर्शन गर्न लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ बजेका लागि विरोध प्रदर्शनको अनुमति पाएका राजावादी शक्तिहरुले गणतन्त्रको विरुद्धमा कालो छाता लिएर सडकमा निस्कन लागेका हुन् ।

त्यसो त आजै नेकपा एमालेले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । बिहान १० बजेबाटै काठमाडौंको भृकुटीमण्डपमा गणतान्त्रिक व्यवस्थाको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?