सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्छ : मन्त्री पाैडेल

लोकपथ
196
Shares

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्  । 

उनले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को आज शिलान्यास गर्दै सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताए । ‘भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्ने गरी सहभागिता गराइएको छ । सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ,‘ मन्त्री पौडेलले भने।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुप्रै विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उनले जानकारी दिए । ‘स्रोत जुटाउन सामुदायिक क्षेत्र, शुभेच्छुक अन्तर्राष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ, ‘उनले भने । राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?