काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमले सफाइ पाएका छन् ।
निर्वाचनका बेला बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा थुनामा रहेका आलमले उच्च अदालत वीरगञ्जबाट सफाइ पाएका हुन् ।
यसअघि उनलाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको हो ।
पहिलो संविधान सभाको निर्वाचन अघि आलमले रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । उक्त घटनाको १२ वर्षपछिम रौतहट प्रहरीले ०७६ साल असोज १९ गते पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया