काठमाडौं । टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’(भोली) बिहिबारदेखि प्रसारण हुने भएको छ । महक मिडिया नेटवर्क आयोजक रहेको कार्यक्रम एपीवान टेलिभिजन र ओएसआरको युट्युब च्यानलमा बिहीबार ९ बजे प्रसारण हुनेछ ।
केही महिना अघि नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगिता सुरु गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि– जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन गराइराखेको छ । एक्टिङ स्टारको निर्णायकमा अभिनयका बादशाह भनेर चिनिने निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको नेपालका अन्य कमेडी च्याम्पियन, कमेडी नाइट्स जस्ता रियालिटी शोको निर्देशन गरिसकेका निर्देशक विशाल भण्डारीले निर्देशकको काम गर्नेछन्। नेपालमा विभिन्न क्षेत्रका रियालिटी शो दर्शकहरूको रोजाइमा परिरहेको अवस्थामा अन्य भन्दा फरकपनका साथ एक्टिङ रियालिटी शो आउन लागेको हो।
‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया