काठमाडौं । गृहमन्त्री रमेश लेखकले मातहतको कुनै पनि कर्मचारीमाथि छानबिन हुँदा मन्त्रालयको नेतृत्वसँग जोडेर हेर्नु गलत रहेको बताएका छन् । भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे खण्डन गर्र्दै गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
उनले संविधानले अधिकार दिएको निकायको प्रमुखका रुपमा कर्मचारीले गलत काम गर्दा वा छानबिन हुँदा त्यसलाई मन्त्रालयको मुल नेतृत्वमा जोडेर हेर्नु अनुचित हुने बताए ।
‘यसरी संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा ती अनुसन्धानले पूर्णता नै नपाउँदा, छानबिनले पूर्णता नै नपाउँदा यदी सम्बन्धित मन्त्रालयको नेतृत्वसँग त्यसलाई जोड्ने हो र प्रचारप्रसार गर्ने हो र त्यो ढंगले जाने हो भने के शासन व्यवस्था ठिक ढंगले चल्छ । सम्भव छ,’ उनले भने ।
यस्ता विषयलाई पार्टीसँग जोडेर विश्लेषण गर्र्दै यदी यस्तो विषयमा पार्टी सदस्यले कुनै गल्ती गर्दा पार्टी अध्यक्षले पद छोड्नुपर्ने वा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरे ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थ भट्टराईले आफू आउनु भन्दा पहिले नै विभिन्न महत्वपूर्ण निकायमा बसेर काम गरिसकेको उनले बताए । भट्टराई ०७७ सालदेखि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हुँदै पञ्जिकरण विभागको समेत प्रमुख भएर काम गरेको बताए । साथै आफूले उनलाई गृहमन्त्रालय अन्तर्गतकै कुनै कार्यालयबाट सारेर त्यहाँ पठाएको दाबी गरे ।
०७७ सालमा प्रमुख जिल्ला अधिकारी गोरखामा गडएको
०७७ ११ १४ गते महोत्तरीमा
०७८ सालमा राष्ट्रिय पञ्जिकरण विभागमा गएको
०७८ सालमा मोरङमा प्रमुख जिल्ला अधिकारी रवि लामिछाने गृहमन्त्री भउको
पुष्पकमल दाहाल गृहमन्त्रीको रुपमा रहेर र नारायणकाजी गृहमन्त्री हुँदा आएको
त्यसपछि मुखयमन्त्री कार्यालय
पछि आउँदा उनी गृहमन्त्री रवि लामिछाने गृहमन्त्री हुँदाखेरी गृह आएको छ ।
कसुरजन्य विभागको प्रमुख
०७७ सालदेखि निरन्तर गृहमन्त्र अन्तर्गत काम गरिरहेको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया