काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आजै अपरान्ह ५ बजेका लागि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।
गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपबारे संसदमा जवाफ दिन समय माग गरेका थिए । मंगलबार नै संसदमा आफ्नो धारणा राख्ने तयारी गरे पनि विपक्षीहरुले राजीनामा माग्दै अवरोध गरेका थिए । साथै आज पनि गृहमन्त्री लेखकले आफ्नो धारणा राख्ने तयारी गरेका थिए । तर संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरे आफ्ना धारणा राख्न लागेका हुन् । त्यसो त गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरेर राजीनामा दिन सक्ने समेत अनुमान गरिएको छ । तर उनको सचिवालयले भने त्यसबारेमा केही बोलेको छैन ।
संघीय संसद भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया