अध्यक्ष थापाकाे चेतावनी- ‘हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैन’

लोकपथ
329
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म राजावादीहरूको आन्दोलन नरोकिने बताएका छन्  । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पछिल्ला १८ वर्षको बिचमा देशले कहालीलाग्दो अवस्था भोग्नुपरेको बताए ।  अहिले देशमा केही सीमित राजनीतिक दलका सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएको आरोप लगाए । उनले केही सीमित नेताहरूले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेको बताए । सीमित नेताहरूले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै नभई भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।  

अध्यक्ष थापाले भने, ‘भोलिदेखि हाम्रो आन्दोलन सुरु हुँदैछ । कहिले अन्त्य हुन्छ भनेर हामीले भनेका छैनौँ । त्यति बेला अन्त्य हुन्छ, जति बेला नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापित हुन्छ । यो १८ वर्षको बिचमा देशले कहालीलाग्दो अवस्था भोग्नुपर्‍यो । अहिले देशमा केही सीमित राजनीतिक दलका सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएका छन् । केही सीमित नेताहरूले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेका छन् । सीमित नेताहरूले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै होइन, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।’

अध्यक्ष थापाले न्याय दिनुपर्ने सरकारले नै नागरिक बेचिरहेको आरोप लगाए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?