काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विभिन्न देशमा अवैध रुपमा सम्पत्ति राख्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका छन् ।
त्यस्तै उनले राजनीतिक नेतृत्वले आँट गरेर त्यसलाई नेपालमा फिर्ता गर्न सकेमा देशले ठुलाठुला आयोजना निर्माण गर्न सक्ने समेत दाबी गरे ।
बुधबार नेपाली कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।
एशिया र दशिक्ष एशियाको सबैभन्दा गरिब देश नेपाल रहेको तर स्वीस बैंकमा नेपालबाटै धेरै पैसा जम्मा हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउने गरेको समेत उनले बताए ।
बंगलादेशमा ए एच हसन गभर्नरका रुपमा आएपछि उनले आफ्नो देशबाट बाहिर कहाँ कहाँ कति सम्पत्ति रहेको छ त्यो खोज्न आफ्नो टिम खटाएको उदाहरण दिए ।
अहिलेको गभर्नर योग्य रहेको तारिफ गर्दै बंगलादेशका गभर्नरले जस्तो नेपालको सरकारले समेत गर्न नसक्ने समेत दाबी गरे । साथै नेपालमा राजनीतिक क्षेत्रले नै त्यो गर्न नदिन दबाब दिने समेत बताए ।
‘सिंगापुरमा नियम र कानुन विपरित जम्मा भएका कुराहरु जम्मा भएका हामीलाई थाहा छ । एशियाको सबैभन्दा गरिब देश, साउथ एशियाको सबैभन्दा गरिब देश तर सबैभन्दा धेरै सम्पत्ति स्वीरजल्याण्डमा रहेको भन्ने हामी स्वीस बैंककै स्टेटमेन्टबाट देख्नसक्छौँ । अहिले कसैले दुवैमा सम्पत्ति छ भनिराखेका छन्, कसैले कम्बोडियामा सम्पत्ति छ भनिराखेका छन्, यसलाई खोजिनिती गरेर अवैध सम्पत्तिलाई मात्रै देशभित्र फर्काउन सक्ने हो भने झण्डैझण्डै १० वटा ठुलठुला विकास हुनसक्छ यो देशमा । तर नेतृत्वमा आँट चाहियो,’ नेता केसीले भने, ‘भ्रष्टाचारको आहालमा डुबेर हामीले राष्ट्रिय विकासको गतिमा हामी अघि बढ्न सक्दैनौँ ।’
त्यस्तै नेपाल राष्ट्र बैंकको स्वीकृती बिना विदेशमा पैसा राख्न नपाइने बताउँदै कर्मचारीहरुले त्यसको सूचना मात्रै दिने हो भने आफूहरुले त्यसको छिनोफानो गर्ने समेत दाबी गरे ।
वित्तीय क्षेत्रका कर्मचारीहरुले देश विकासका लागि आफ्नो क्षेत्रबाट योगदान दिइरहेको भन्दै तारिफ समेत गरे । साथै पार्टीले भन्दा कांग्रेस निकट ट्रेड युनियनले आफ्नो हक अधिकार स्थापित गर्न भूमिका खेलेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया