मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित, चोभार गल्छीको अवरोध हटाइने

लोकपथ
644
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो ।

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको  प्राधिकरणको ३२औँ बैठकले पारित गरेको कार्ययोजनामा सम्बन्धित निकायको मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना, पूर्व तयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ ।

बैठकले चोभार गल्छी साँघुरो भई गत वर्ष असोज १० गते परेको अविरल वर्षाको कारण बागमती  नदीमा पानीको सतह बढ्न गई काठमाडौं उपत्यकाका नख्खु, कुलेश्वर थापाथली बल्खु लगायतका भू–भागहरुमा डुबान भएको हुँदा पुनःउक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको  प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई.दिनेशप्रसाद भट्टले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?