काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानुन, विधि र पद्धतिप्रति सचेत भई काम गर्दा मात्रै युवाहरूको वर्तमान अपेक्षा पूरा हुने बताएका छन् । बुधबार ललितपुरमा आयोजित नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कानुन, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सकिने भन्दै युवामा जोश र होस दुवै हुनुपर्ने पनि बताए । उनले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्न सके उपलब्धि हाँसिल हुने उल्लेख गरे ।
मन्त्री चौधरीले भने, ‘युवामा जोश र होस दुवै हुनुपर्छ । कानुन, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सक्छ । यसैका लागि नेतृत्व विकासका लागि यो व्यवस्थित अभ्यास र अवसर दुवै हो । यस अवसरमा सबैलाई आफ्नो आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्न शुभकामना व्यक्त गर्दछु ।’
मन्त्री चौधरीले युवाहरूले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशीलता, स्वआर्जन र स्टार्टअपमार्फत असल नागरिकको भूमिकामा आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया