संसदमा आज पनि विपक्षीको विरोध, आधा घण्टाका लागि बैठक स्थगित

लोकपथ
392
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर आज पनि विपक्षीहरुले विरोध जनाएका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्रै बैठक सुरु भएको हो । तर बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्र, राप्रपा लगायतका विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

निरन्तर विपक्षी दलका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिने भन्दै बस्न आग्रह गरेका छन् । तर विपक्षीहरुले यसअघि नै गृहमन्त्रीको राजीनामा माग गरिसकेको भन्दै बोल्न नदिने अडान गरेका थिए ।

सभामुखले निरन्तर आग्रह गरे पनि विपक्षी दलहरुले नमानेपछि बैठक आघा घण्टाको लागि बैठक स्थगित भएको हो ।

विपक्षीहरुले निरन्तर अवरोध गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?