प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन– ‘संसदमा गृहमन्त्रीले बोल्ने वातावरण बनाइदिनुस्’

लोकपथ
5.2k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदको गतिरोध हटाउन आग्रह गरेका छन् ।

केहीबेरअघि प्रधानमन्त्री ओली र प्रचण्डबिच टेलिफोन संवाद भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारबाट प्रचण्डलाई फोन गरी संसदको गतिरोध हटाउँदै गृहमन्त्री लेखकलाई संसदमा बोल्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । तर प्रचण्डले भने सम्पूर्ण विपक्षीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका कारण गृहमन्त्रीले राजीनामा दिइ प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका थिए ।

अहिले संघीय संसद भवनको एक हलमा विपक्षी दलको बैठक बसिरहेको छ । यता प्रधानमन्त्री ओलीले बालुवाटारमा सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग भेटेका छन् ।

भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलहरुले मंगलबार संसद बैठकमा अवरोध सिर्जना गरेका थिए । आज पनि संसदमा विपक्षी दलले अवरोध गर्ने तयारी गरेसँगै अझै बैठक बस्न सकेको छैन । बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?