काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठक केहीबेरअघि सकिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै विपक्षीले राजीनामा माग्न थालेपछि देउवा छलफलका लागि बालुवाटार पुगेका थिए । गृहमन्त्री लेखकसहित देउवाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।
बालुवाटार बैठकमा गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपबारे संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताएका थिए ।
साथै आजको बैठकले गृहमन्त्रीले राजीनामा नभइ संसदमा आफूमाथि लागेको आरोपबारे धारणा राख्ने विषयमा छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । साथै भोलि सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको र त्यसको लागि विपक्षीहरुसँग समेत छलफल गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया