आगामी रणनीति बनाउन छलफलमा जुटे विपक्षी दलहरु, राप्रपा अनुपस्थित

लोकपथ
3.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक बसेको छ ।

संघीय संसद भवनस्थित एक हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरुको बैठक बसेको हो । तर उक्त बैठकमा विपक्षी दल राप्रपा भने उपस्थित छैन ।

यसअघि मंगलबार विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गरेका थिए । आज पनि बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो, तर अझैसम्म बैठक बस्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भेटघाटका लागि देउवा र लेखक पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?