काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।
हिजो मंगलबार एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा१६ सयले घटेर एक लाख ८९ हजार ३०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया