प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा देउवा र लेखक

लोकपथ
2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले भेट गरेका छन् ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर देउवा र लेखकले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षीहरुले उनको राजीनामा माग गरिरहेका छ्न ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा त्यसबारेमा गृहमन्त्रीले जवाफ दिन खोजे पनि विपक्षीहरुले रोकेका थिए । त्यस्तै आज पनि विपक्षीहरुले संसद बैठकमा अवरोध गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?